कास्कीको रुपामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कास्की l कास्कीको रुपा गाउँपालिका-६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

हिजो प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको ज्यान गएको हो ।

Advertisement

दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।

 

More News last news
Loading...