कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।

प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका– ३ का कटुवाललाई नियुक्त गरिएको हो।

Advertisement

नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराइएको हो।

More News last news
Loading...