मिसाइल, रकेट र गोलाबारुदको उत्पादन बढाउन किमको निर्देशन

काठमाडौं l उत्तर कोरियाली नेता किम जोङ उनले देशका प्रमुख हतियार उत्पादकहरुलाई उत्पादनमा भारी मात्रामा वृद्धि गर्न निर्देशन दिएका छन्।

अल जजिराका अनुसार हिजो विभिन्न हतियार उत्पादन संयन्त्रको भ्रमण गरी किमले मिसाइल, रकेट, रकेट लञ्चर तथा गोलाबारुद्धको उत्पादन बढाउन निर्देशन दिएका हुन्।

Advertisement

गत हप्ता मात्रै किमले विभिन्न हतियार कारखानाको भ्रमण गरेर उत्पादन वृद्धिको निर्देशन दिएका हुन्। पछिल्लो पटक अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासको तयारी भएका बेला पुनः किम हतियार कारखानामा पुगेका हुन्।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि आक्रमणको तयारीका रुपमा हेर्दै आएको छ।

किमले युद्धको अग्रपंक्तिमा रहने जवानका लागि आवश्यक पर्ने गोलाबारुददेखि रणनीतिक मिसाइलहरु उत्पादनलाई बढावा दिन निर्देशन दिएको उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले उल्लेख गरेको छ। उत्तर कोरियाले पछिल्ला वर्षहरुमा लगातार ब्यालेस्टिक मिसाइलहरुको उत्पादन गरिरहेको छ।

More News last news
Loading...