नेविसंघ कास्कीको अध्यक्षमा गौरव बराल मनोनीत

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्षमा गौरव बराल मनोनीत भएका छन । केन्द्रीय अध्यक्ष अध्यक्ष दुजाङ्ग शेर्पाले बराललाई हालै जिल्ला अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।

बराल हाल नेविसंघ पृथ्वीनारायण क्याम्पसको अध्यक्ष छन् । यसअघिका अध्यक्ष नसिव गुरुङ केन्द्रीय सदस्य मनोनीत भएपछि रिक्त कास्की जिल्ला अध्यक्ष पदमा बराललाई ल्याइएको हो । केन्द्रीय अध्यक्ष शेर्पाले बरालको नेतृत्वमा नेविसंघ कास्की थप चलायमान र गतिशिल बन्ने भन्दै संगठन सुधार र विस्तारमा कोशेढुङ्गा साबित हुने अपेक्षा राखेका छन् ।

Advertisement

नवनियुक्त अध्यक्ष बरालले नेविसंघलाई कास्कीमा थप सुदृढ र सशक्त बनाउने भन्दै सबैलाई समेटेर अघि बढ्ने बताए ।

More News last news
Loading...