अर्याल सहित नेबिसंघको केन्द्रिय सदस्यमा तनहुँबाट १३ जना मनोनित

काठमाडौ । नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा प्रेम अर्याल सहित तनहुँबाट १३ जना मनोनित भएका छन् । मनोनित हुने केन्द्रिय सदस्यमा पुजन गन्धर्व, एलिजा ढकाल, राजेश श्रेष्ठ, बिश्वनाथ मिश्र, सुनिल मिश्र, दुर्गा भण्डारी, बम बहादुर थापा रहेका छन् ।

त्यस्तै बिबेक बानिया, लोकेन्द्र थापा, मनिश अर्याल, मनिसा मिश्र र तारा बहादुर थापा केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षमा गठित नेबिसंघ केन्द्रिय तदर्थ कार्य समितिको सदस्यमा ७१० जना मनोनित गरेका हुन् । जस मध्ये समितिमा तनहुँका १३ जना अटाएका हुन् ।

Advertisement

More News last news
Loading...