कास्कीकाे विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार

काठमाण्डाै | कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार भएकाे छ। सशस्त्र प्रहरीले खाेलामा फसेका चार जनाकाे गएराति उद्धार गरेकाे हाे ।

निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएकाे छ। बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीकाे उद्धार गरिएकाे हाे।

Advertisement

उनीहरु बाढीमा फसेको सूचना पाएपछि २४ नम्बर कालीका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धारका लागि खटिएकाे थियाे।

More News last news
Loading...