काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गर्नुभएको छ । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम आह्वान गर्नुभएको हो।
सर्वाेच्च अदालतले हिजो बिहिबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्दै साउन १७ गते भित्र नयाँ रिकार गठन गर्न आदेश दिएपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आब्हन गर्नु भएको हो।
गत असार २१ मा कोशी प्रदेश सभाका समाभुख बाबुराम गौतमले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको थियो । त्यसबिरुद्ध एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सभामुखको हस्ताक्षर संविधान बिपरित भएको भन्दै दायर रिट निवेदनमा सर्वाेच्चले सभामुखले हस्ताक्षर गर्न नमिल्ले र थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नयाँ सरकार गठन गर्न बिहिबार आदेश दिएको थियो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
