क्लासिक टेकले ल्यायो अफरै अफर, १४औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं l निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो स्थापनाको १४ वर्षा पुरा गरेको छ। १४औं वार्षिकोत्सव मनाउँदै कम्पनीले आफ्नो यात्रामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

सन् २००९ मा स्थापना भइ सेवा सुरु गरेको क्लासिक टेकले हाल ७४ जिल्लामा १०० वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आएको बताएको छ। कम्पनीले ग्राहकको सुविधाका लागि आफ्नै सीडीएन सर्भर जडान गरिएको जनाएको छ। कम्पनीले विभिन्न सोसियल तथा बेव बेस प्लेटफर्मका माध्यमबाट पनि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

Advertisement

कम्पनीले विराटनगर र काठमाडौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको छ। छोटो अवधिमा अत्यधिक लोकप्रिय इन्टरनेट सेवा प्रदान गर्न सफल भएको कम्पनीको दाबी छ।

समय समयमा अत्याधुनिक तथा नवीन प्रविधिहरु भित्र्याउँदै आएको बताउँदै कम्पनीले डुअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको दाबी गरेको छ। कम्पनीले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरिँदै आएको जनाएको छ।

More News last news
Loading...