क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयाे

पोखरा । पोखराकी एक युवतीको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २६, बूढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारी हुन् ।

बुधबार दिउँसो अन्दाजी ३ः५० बजे कास्कीको माछापुच्छे« गाउँपालिका वडा ९ घलेलको पोखरा क्यानोनिङमा चढ्ने क्रममा उनी एक्कासि लडेर घाइते भएकी थिइन् ।

Advertisement

घाइते उनलाई मणिपाल शिक्षण अस्तपताल ल्याइएकोमा चिकित्सकले दिउँसो ४५० बजे मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको जनाएको छ ।

More News last news
Loading...