पोखरा । पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा ८, बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर हुन् l
शनिबार साँझ सवा ५ बजे उनी पोखरा १७, पावरहाउस नजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । खोजीका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थल नजिकै पानीभित्र खोंचमा फेला पारेर अस्पताल पठाएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखराले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
