सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

काठमाडौं l धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २५ वर्षीया महिलालाई गएराति सवा ८ बजेतिर गोली हानी भारतिर भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको छ ।

Advertisement

मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको र कुन देशको नागरिक भन्नेसमेत पत्ता नलागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। दशगजा पारी भारततर्फ घटना भएकाले भारतीय प्रहरीसँग समन्वयन गरेर अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए।

More News last news
Loading...