एनआरएनए कुवेतको ८औँ महाधिवेशनः अध्यक्षमा पुनः रणध्वज लामा चयन

कुवेत । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतको ८ औँ राष्ट्रिय महाधिवेशनले फेरि रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त अधिवेशनले आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकास बहादुर सिंह, निरञ्जन सिंह ठकुरी चयन भएका छन् ।

Advertisement

यसैगरी महासचिवमा मनिश केसी, सचिवमा विजय धामी, मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला,युवा संयोजकमा आङ नोर्बु शेर्पा,महिला संयोजकमा सजिना गुरुङ युवा सहसंयोजकमा छेनाम तामाङ र महिला सहसंयोजकमा माया देवी राई पाण्डे चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सूर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल ,प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लाल बहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ , पेमा दोर्जे लामा र चित्र बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक सुजन केसीले जानकारी दिए ।

 

More News last news
Loading...