धरान । सुनसरीको धरान–इटहरी सडकखण्डमा गोली हानी घाइते भएका विराटनगरका युवाको मृत्यु भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो ।
मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो । प्रहरीका अनुसार उनको साथमा भएको रकम र मोबाइल लुटिएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । गोली प्रहार कसले र के कारण भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
