सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

बुधबार प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख १३ हजार ६ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...