कलंकीको नेशनल अस्पतालमा ६ दिने निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौँ । काठमाडौँको कलंकीमा रहेको नेपाल नेशनल अस्पतालले ६ दिने वृहत्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ । यहि साउन ७ गतेदेखि १२ गतेसम्म अस्पताल परिसरमै सञ्चालन हुने शिविर बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ ।

उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन छाती रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, थाइराइड, सुगर तथा हार्मोन रोग, मनोरोग सम्बन्धी परामर्श तथा दन्त मुख तथा गिजा रोगको उपचार हुने अस्पतालले जनाएको छ।

Advertisement

यसैगरी, अस्पतालका अन्य सम्पूर्ण उपचार सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका व्यवस्थापन प्रमूख समिर शर्माले नयाँ पुस्तालाई बताए । विरामीको सर्वसुलभ तथा गुणस्तरीय उपचार सेवा दिँदै आएको यस अस्पतालले विभिन्न समयमा सामाजिक कार्य  पनि गर्दै आएको छ ।

More News last news
Loading...