आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

More News last news
Loading...