एनआरएनए बेल्जियमको चुनाव आइतबार : कम्फर्ट जोनमा तीर्थ धमला

काठमाडौँ । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेल्जियममा (भोलि) आइतबार चुनाव हुँदै छ । चुनावी मैदानमा वर्तमान उपाध्यक्ष तीर्थराज धमला र सीता सापकोटाबीच प्रतिस्पर्धा हुने भएको हो ।

निर्वाचन समितिका अनुसार दुई जनाको उम्मेदवारी परेसँगै आइतबार बेल्जियमका मूख्य ५ शहरमा बुथ राखेर मतदान सञ्चालन गरिनेछ । निर्वाचनको पूर्वसन्ध्यामा दुवै उम्मेदवारहरू आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन् ।

Advertisement

कम्फर्ट जोनमा धमला

वर्तमान उपाध्यक्ष रहेका धमलाले यसअघिको कार्यकालमा महासचिव भएर एनआरएनए बेल्जियमको बागडोर सम्हालिसकेका छन् । नेपाली समुदायलाई एक बनाएर अघि लैजाने प्रमुख एजेन्डा धमलाको छ। अध्यक्षका लागि एक बलियो उम्मेदवारका रूपमा स्थापित धमला कम्फर्ट जोनमा देखिन्छन् ।

अब एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्यदक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको बताउँदै त्यसका लागि आफू परिपक्व भइसकेको धमलाको दाबी छ।

यसअघि नेतृत्वको दौडमा रहेकी अनुजाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै चुनावी माहौल थप रोचक बनेको छ । एनआरएनए बेल्जियममा २ हजार ५७३ मतदाता रहेका छन्।

धमलासँगको प्रतिस्पर्धामा रहेकी सीता सापकोटाले ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन महिला नेतृत्वलाई मतदान सबैको साझा एनआरएनए’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएकी छन् ।

 

More News last news
Loading...