सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने सरकारकाे निर्णय

काठमाडौं। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाऊ आदेश जारी गरी कार्यावधि थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।

Advertisement

त्यस्तै सरकारले निजामति सेवाको राजपत्राकिंत विशिष्ठ श्रेणिको रिक्त पदमा घनश्याम उपाध्याय लाई बढुवा गरेको छ ।

More News last news
Loading...