काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ । त्यसका लागि आइतबार दिउँसो महानगर प्रहरीको जम्बो टोली बालुवाटार पुगेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललितानिवासको सार्वजनिक जग्गा तारबार गर्न पुगेको हो । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र त्यसपछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगरपालिका प्रहरी प्रमुख पाण्डेले ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउन लागेको बताए । उनले भने, ‘घरहरु निर्माणाधीन छ भने रोक्न लगाउने निर्देशन प्राप्त भएको छ । अरू थप निर्णय जे आउँछ हामी सोही अनुसार काम गर्दै जानेछौँ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
