आज सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै

पोखरा । आज सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला हुँदैछन् । गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् । तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनको उपस्थिति अन्यौलमा परेको हो ।

Advertisement

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पछि उक्त भेला आज शुक्रबारका लागि बोलाइएको हो । सो भेला शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।

आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।

मुख्यमन्त्रीहरुको भेला कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज (शुक्रबार) पोखरा जाँदै छन् ।

More News last news
Loading...