गल्याङ नगरको बजेट : युवा रोजगारीका लागि पर्यटन र उद्यमशिलतासंगै उत्पादनमा प्राथमिकता

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाले आगामी आर्थिक बर्ष युवा रोजगारीका लागि पर्यटन र उद्यमशिलता संगै उत्पादनको बर्ष बनाउने घोषणा गरेको छ । गल्याङ नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि अनुमानित कुल ८१ करोड ४४ लाख बराबरको बजेट सार्बजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

बसौ बसौ लाग्ने गाउँ र सहर, समुन्नत र समृद्ध गल्याङ नगर भन्ने नारा र युवा रोजगारिका लागि पर्यटन र उद्यमशिलता सँगै उत्पादन बर्षको रुपमा आगामी आर्थिक बर्षको कार्यक्रमलाई जोड दिईएको नगरप्रमुख गुरु भट्टराईले जानकारी दिए ।

Advertisement

बजेटले नगर क्षेत्रभित्र एकिकृत नमुना वस्तिको विकाससंगै वस्ति व्यवस्थापनलाई गुरु योजना मार्फत व्यवस्थित गरिने, पालिका रोजगार कार्यक्रम समेत सञ्चालन गर्ने, गल्याङका महिला उद्दममा पहिला भन्ने नारासहित लक्षित समुहलाई सिप विकास तथा प्रविधि हस्तान्तरण मार्फत एक घर एक सिप विकास गरी रोजगारी प्रवर्धन गर्ने पनि बजेटमा उल्लेख छ ।

यसैगरी उज्यालो गल्याङ नगर कार्यक्रमअन्तर्गत नगर क्षेत्र भित्रका सडकहरुमा आवश्यक संख्यामा सडक वत्ती जडान गरिने, गल्याङ चक्रपथ निर्माण गरिएकिकृत नमुना वस्ती निर्माणका लागि परियोजना प्रतिवेदन तयार गर्ने र नगरभित्रका निर्माण सम्पन्न मुख्य सडक तथा ग्रामिण सडकको छेउ किनारामा वृक्षारोपण कार्यक्रम संचालन गरिने लगायतका रहेका छन् ।

सुशासनको पक्षमानिरन्तर क्रियाशीलपत्रकारहरु मध्येबाट विभिन्न विधामा प्रत्येक बर्ष १ जनालाई नगरस्तरीय सुशासन पत्रकारिता पुरस्कार दिने समेत पालिकाले बजेटमा समावेश गरेको छ ।

More News last news
Loading...