पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

पाेखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/


८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Advertisement

महानगर प्रमुख धनराज आचार्यले आइतबार १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लेकसाइडलाई चौबिसै घण्टा खुला गर्न पहल गर्ने बताए । उनले लेकसाइडमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्ने पनि योजना सुनाए । उनले फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने बताए । फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले गरेको आदेश पालना गर्ने पोखरा महानगरले आफ्नो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरेको छ ।

फेवातालसहित पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने महानगरले नीति लिएको छ ।

लेकसाइड क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने भएको छ । अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला संरक्षणका लागि दुवैतर्फ मापदण्ड तय गरिने महानगरले जनाएको छ । मेयर आचार्यले फिर्केको मापदण्ड तय भइसकेपछि फुट्ट्रयाक तथा साइकल लेनको व्यवस्था गरिने जानकारी दिए ।

महानगरपालिकाले एक घर एक विरुवा लगाउने नीति लिएको छ । यस्तै, महानगरमा २ लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ ।

महानगरले कृषितर्फ रैथाने बाली, प्राङ्गारिक कृषि तथा जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्दै कृषि पर्यटनमा जोड दिने उल्लेख गरेको छ । रोजगार तथा व्यवसाय प्रर्वद्धनका लागि युवासँग महानगर अभियान सञ्चालन गरि सिप र प्रविधिमा लगानी प्रवद्र्धन गर्ने महानगरको योजना छ ।

यस्तै २ वर्षभित्र पोखरा महानगरको प्रमुख क्षेत्रभित्र बिजुलीको तार भूमिगत गरि सुन्दर सहर बनाइने महानगरले जनाएको छ । यस्तै २० वर्ष पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने निति लिइने भएको छ ।महानगरले विद्यार्थीको दिवा खाजामा १० रुपैयाँ थप गरि प्रति विद्यार्थी २५ रुपैयाँ पुर्याउने भएको छ ।

महानगरले बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने भएको छ । त्यसका लागि जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रित अनुसन्धानात्मक परियोजना सञ्चालन गर्ने महानगरले बताएको छ । पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने जनाएको छ । मेयर आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने बताए ।

महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्थललाई प्लास्टिकका झोला, पानीका बोत्तल बिसर्जन गर्ने र जलाउने कार्य निषेध गर्ने बताएको छ।

पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्ने जनाएको छ । अहिले महानगर प्रोफाइल सर्वेक्षण गरिरहेको र त्यसपश्चात विपन्न घरधुरी पहिचान गरिने मेयर आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने जनाएको छ । मेयर आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने बताए । पोखरा महानगरले आगामी आवको लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट ल्याउने तयारी गरेको छ ।

More News last news
Loading...