लायन्स क्लब तनहुँ खैरेनीटारद्धारा बिरामी र विपन्न परिवारलाई सहयोग

तनहुँ । लायन्स क्लब अप तनहुँ खैरेनीटारले मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग एवं विपन्न तीन परिवारलाई ३ लाख बराबरको स्वास्थ्य बिमा प्रदान गरेको छ ।

तनहुँको शुक्लागण्डकी ७ दोभानटोलमा बसोबास गर्ने दुवै मृगौला खराब भएकी धन कुमारी गुरुङ्ग लाई उपाचारमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाका तर्फबाट १२,५५० र क्लवका सचिव लायब सुरेन्द्र श्रेष्ठको तर्फबाट ८,५०० सहयोग हस्तान्तरण गरिएको हो ।

Advertisement

यस्तै शुक्लागण्डकी ६ निवासी अति विपन्न ३ घर परिवार चन्द्र माया राना, मिठु परियार र धन बहादुर तारुङ मगर हरुको तीन परिवार प्रति परिवार ५ जना सदस्यलाई १, १ लाख गरी तीन लाख बराबरको स्वास्थ बिमा प्रदान गरिएको लायन्स क्लव अफ तनहुँ खैरेनीटारका अध्यक्ष अध्यक्ष नारायण प्रसाद पोख्रेलले जानकारी दिए ।

क्लवले यसअघि शुनपा ७ का १० विपन्न परिवारको स्वास्थ बिमा तथा सरस्वती नमुना माविमा आकस्मिक उपचार कक्ष स्थापना समेत गरेको थियो ।

More News last news
Loading...