फेवाताल किनारमा ड्रागन बोट फेस्टिभल, दर्शकको भीड

पोखरा । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा चीनबाहिर एसियामै पहिलो पल्ट पोखरामा शुक्रबार ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । २ दिनसम्म चल्ने बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिएका छन् ।

फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ड्रागनमा विशेष पूजा गरी टीका लगाएर उद्घाटन गरे । फेस्टिभल हेर्नेका फेवाताल किनारमा ठूलो संख्यामा भिड लागेको छ । पोखरामा आयोजित यो फेस्टिभलले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने पर्यटन व्यवसायीको विश्वास । फेस्टिभलकै लागि चिनियाँ पर्यटकहरु फेवाताल किनारमा जम्मा भएका छन् ।

Advertisement

फेस्टिभलको लागि नेपाली ४ टिममा नेपाल -याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसिए), चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा नव्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिएका हुन् । प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ । एक टिममा १२ खेलाडी सम्मिलित हुने छन् । चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ ।

विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । सो अवसरमा नेपाल सहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति समेत राखिने छ ।

फेस्टिभल उद्घाटन गर्दै मन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध १५ सय वर्ष अघिदेखि रहेको बताए । उनले यसप्रकारको प्रतियोगिताले पर्यटनमा टेवा पुग्नुका साथै दुई देशबीच सांस्कृतिक एकतासहित सम्बन्ध थप सुमधुर हुन मद्दत मिल्ने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी लगायतले फेस्टिभलले पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिभलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा), नेपाल -याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन लगायत विभिन्न संघसंस्थाको सहकार्य छ ।

More News last news
Loading...