बेलायत पठाउन पूर्वसैनिकले नक्कली छोरा बनाएपछि…

विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ।

बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो।

Advertisement

मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनादिएको प्रहरीको आरोप छ। बेलायतमा बसोबास गर्नका लागि पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको बताए । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् । तीन जना पुरुषलाई बेलायत बसोबासका लागि पठाउनका लागि बुबा बनेर नागरिकता बनाइदिएको देखिएपछि म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए।

More News last news
Loading...