पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक विमान अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक विमान अवतरण भएको छ। चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

Advertisement

यही असार ८ र ९ गते पोखराको फेवातालमा आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर सो विमान आज पोखरा आइपुगेको हो । यही जहाजमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियारसहितको नेपाली प्रतिनिधिमण्डलसमेत फर्किएको छ।

आगन्तुकहरुलाई विमानस्थलमा नेपाली ढाका टोपी लगाएर, फुल मालाले भव्य स्वागत गरिएको थियो । १ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो ।

 

More News last news
Loading...