आज घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार चार सय ३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...