फेवातालको मापदण्ड ६५ मिटर कायम राख्न सर्वोच्चको आदेश

पोखरा l पोखरा महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको पालामा २०७८ सालमा पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ५५ मिटरबाट घटाएर ३० मिटर तोक्ने निर्णय ग-यो ।

त्यतिमात्र कहाँ हो र ? सो बैठकले फेवासहित अन्य ९ तालको मापदण्ड घटाउने निर्णय ग-यो । जसमा बेगनास र रुपातालको १ सय मिटर रहेकोमा दुवैको मापदण्ड ४५ मिटर घटाउनुको साथै गुँदे, न्यूरेनी, खास्टे तालको मापदण्ड २० मिटरमात्र कायम गरिएको थियो । मापदण्ड बढी तोक्दा तालछेउका स्थानीयवासीलाई असर पर्ने देखेपछि मापदण्ड घटाइएको जिकिर थियो ।

Advertisement

तर तालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मापदण्ड घटाउने निर्णय बदर गरेको हो ।

सर्वोच्चको फैसलाबारे अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चले १६ वैशाख २०७५ मा गरेको फैसलालाई नै आधार मानेर फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न र अन्य तालको हकमा पनि पुरानै मापदण्ड कायम गर्ने फैसला भएकोे जनाए ।

तालको मापदण्ड घटाउने महानगरको निर्णयविरुद्ध गत ११ जेठमा अधिवक्ता सुवेदीसहित सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले रिट दिएका थिए ।
तालको क्षेत्रफल पछिल्लो समय घट्दै गएको छ ।

२ वर्षअघि पुण्यप्रसाद पौडेल संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनअनुरुप फेवाको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकनसहित नयाँनक्सा सार्वजनिक गरिएको थियो । प्रतिवेदनअनुसार हाल तालको कुल क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर मात्र कायम छ ।

More News last news
Loading...