पोखरा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी ६० वर्षका थिए ।
सिद्धार्थ राजमार्गको राङखोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई चापाकोट ४, दर्सिङमा गएराति दुर्घटना भएको थियो । दुर्घटनामा घाइते गिरीलाई स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले ११ः४० मा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्कारपियो चालक पुतलीबजार ९, कोल्माका ३२ वर्षीय सुरज नेपाली र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
