घरभाडा घटाउन पोखराका व्यवसायीको माग

पोखरा । आर्थिक मन्दीको मारका कारण पोखराका व्यवसायीले घरभाडा घटाउन माग गरेका छन् । घरभाडा सरोकार समिति कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी घरभाडा ५० प्रतिशतसम्म घटाउन माग गरेको हो ।

समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण त्यसको अवसरमा व्यवसायमा परेकोले घरभाडा तिर्न सक्ने स्थिति नरहेको बताए । जसका कारण व्यवसायी पलायनसमेत हुने स्थिति आएको छ । न्यौपानेका अनुसार पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायीले व्यवसाय छोडिसकेका छन् ।

Advertisement

समितिले घरभाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिएको छ । व्यवसाय नचलेका कारण घरभाडा तिर्न नसकिरहेको अवस्थामा घरभाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोही कारण सहरका धेरै सटरहरु खाली हुने स्थिति आउने समितिको चेतावनी छ ।

More News last news
Loading...