पोखराको नीलगिरी स्कुलकी छात्रा छतबाट खसेर घाइते

पोखरा। पोखरा ८ बगाले टोलस्थित नीलगिरी बोर्डिङ स्कुलकी एक छात्रा स्कुलको छतबाट खसेर घाइते भएकी छन् ।
भारतको बिहार मोतिहारी घर भइ हाल पोखरा बस्दै आएकी १५ वर्षीया चाहात शाह आइतबार बिहान ५ः५५ बजे छतबाट खसेर घाइते भएकी हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनी छतबाट खसेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

Advertisement

More News last news
Loading...