गल्याङका मेयर भट्टराईले एक सातामै पुर्‍याए स्थानीयको घरमा खानेपानी

काठमाडौं l गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई करिब एक हप्तामै स्थानीयको टोलमा खानेपानी पुर्‍याउन सफल भएका छन् ।

लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका गल्याङ नगरपालिका वडा न ११ जिमुवा टोलमा गल्याङ नगरपालिका प्रमुख भट्टराई नेतृत्वको टोलीको सक्रियताले एक सातामै खानेपानी पुर्‍याएको हो ।

Advertisement

स्थानीयहरुले लामो समय देखि खानेपानीको समस्याले ग्रसित भएको र एक हप्ता अगाडि भट्टराईलाई जानकारी गराएपछि तत्काल काम अगाडी बढाई खानेपानी पुर्‍याएका हुन् ।

जिमुवा गाउमा रहेको बस्तिमा खानेपानीको समस्या समाधान भएसँगै करिव १५० घरधुरिका स्थानीयहरुले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका छन।

खानेपानी उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टराईले सबै खाले समस्याको समाधानमा सदैव कटिबद्ध रहने खानेपानीको दीर्घकालीन समाधानका लागि काम गर्ने प्रचिवद्धता व्यक्त गरे। गल्याङ नगरपालिका वडा न ११ का वडाध्यक्ष दल बहादुर सिङ्जालीले स्थानीय आवश्यकता र अभाव पुर्तिका लागि सफल प्रयास गरिदिनुभएकोमा नगर प्रमुख र नगरपालिकालाई नै विशेष आभार ब्यक्त गरे ।

More News last news
Loading...