रुपामा वक्तित्वकला प्रतियोगिता सम्मन्न, सुवेदी भन्छन् ‘अराजकता बिरुवा नलड्ने युवा खास युवानै हैन’

पोखरा । रुपा गाउपालिका–२ स्थित शिवालय माध्यामिक विद्यालयमा ‘समृद्ध नेपाल सुखी नेपाली निर्माणमा युवा विद्यार्थीको भूमिका’ विषयक बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीद्वारा आयोजित उक्त वक्तित्वकला प्रतियोगितामा रुपा ज्योति माध्यामिक विद्यालयका छात्राहरु कृपा सुवेदी प्रथम, एन्जल गुरुङ द्धितीय भएका छन् । शिवालय माविका छात्र बिदुर अधिकारी तृतीय भएका छन् ।

Advertisement

नेकपा एमाले कास्की जिल्ला कमिटीका सदस्य एवं रुपा २ का वडा अध्यक्ष राजन सुवेदीले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रम उदघाटन गर्दै सुवेदीले हरेक युवा उच्च चेतले युवा हुनुपर्ने बताउँदै अब युवाहरु उत्पादनमा जोडिनु पर्ने रउत्पादनमा जोडियपछि मात्रै समृद्धि सम्भव भएको बताए । अब हिजोकै नेताजस्तै हिसाब मिलायर जिन्दगी चलाउनु हुँदैन उनले भनेका छन् ।

अर्को प्रसंगमा सुवेदीले हर युवा अन्याय अत्याचारको बिरुद्धमा अगाडिबाट लड्नु पर्छ जो युवा अन्याय र अत्याचारको बिषयमा लड्न सक्दैन उ युवा हुनै सक्दैनन् आँफु संधै अन्याय र अत्याचारको विषयमा लड्दै आएको र सत्यका पक्षमा एक्लै भयनी लड्ने गरेको बताए। हिजो आफु पनि युवा संघकै कार्यकर्ता रहेको र संघ मा हुँदा यस्तै सृजनशील कार्यहरु गरेको स्मरण गर्दै सधै यस्तै कार्य गर्न सुझाय ।

बिधालय मा जो आएपनि बिधार्थी र शिवालयको हित बोकेर आए सबैलाई सधैं स्वागत गर्ने प्रचलन रहेको सुनाउदै सुवेदीले आफु सो बिधालयको बिधालय ब्यबस्थापन समितिको अध्यक्ष हुँदा पनि यस्तै, कार्य गरेको र धेरै संघ संस्थालाई भित्र्याएको बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिवालय मा बि का प्रअ रुपिन्द्र प्रभावी जोशीले हाम्रो बिधालय छनोट गरेर कार्यक्रम गरेको मा आयोजक प्रति खूशी ब्यक्त गरे । बिधार्थीहरुलाई सहयोग गर्न आफु सधै बिधार्थी र बिधालयको चिन्तनमा रहेको र बिधालयलाई हित गर्ने जो सुकैलाई पनि बिधालयमा स्वागत गर्ने गरेको बताए ।

अर्को प्रसंगमा प्रअ रुपिन्द्रले नि–वर्तमान अध्यक्ष तथा वडा अध्यक्ष राजन सुवेदी रुपा २ को मात्रै नभएर समग्र रुपाकै विकासका लागि लगि अहोरात्र खटेको भन्दै सुवेदीको काम निकै प्रभावकारी हुने गरेको बताए ।

आफुँहरुले तीन बर्ष बिधालयमा संगै मिलेर काम गरेर नै विद्यालयलाई स्थापित गर्न सकेको भन्दै जोशीले यत्तिको दृष्टिकोण बोकेको युवाले अब रुपाको नेतृत्व गर्ने गरेर काम गर्न पनि सुझाय ।

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष पान बहादुर जिसीको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रम रुपा–२ का युवा नेता पुष्पराज सुवेदीले सञ्चालन गरेका थिए । निर्णायकको रुपमा राष्ट्रिय युवा संघ नेपालका पुर्वसचिवालय सदस्य भुवन घिमिरे तथा सरास्वती पुरीले गरेका थिए ।

More News last news
Loading...