पोखरा । पोखराका गोकर्ण कार्की आइकन अफ एशिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३ घोषित भएका छन् ।
ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा उनी सो अवार्डबाट सम्मानित भएका हुुन् । उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरे ।
पोखराको भलामका उनी सानै उमेरदेखि व्यवसायमा सक्रिय हुँदै आएका थिए । उनले हाल पोखराको न्युरोडमा सिटी जिम र बगरमा कम्प्लिट कम्प्युटर सेवा सञ्चालन गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
