काठमाडौं । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिनुभएको छ ।
बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनुभएको हो। लिम्बु पुस २५ गते मन्त्री नियुक्त हुनुभएको थियो ।
राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताउनुभयो । कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।
लिम्बुले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या गरेको बताउनुभयो । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताउनुभयो ।
जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
