चितवनबाट २७ जना यात्रु लिएर पिकनिक गएको बस गैंडाकोटमा दुर्घटना

रिजन नेपाल/पोखरा l चितवनबाट भ्रमणको लागि गएको बस नवलपुरको गैंडाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

गैडाकोट ३, ताराखोलामा बुधबार साँझ ६ः३० बजे बा २ ख ७५८३ नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका ६ घुमाउरीघाट घुमेर फर्कने क्रममा ब्रेकफेल भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

Advertisement

बस सडकको बायाँ साइडमा पल्टिँदा बसमा सवार करिब २७ जना यात्रुमध्ये ९ जना घाइते भएका हुन् । घाइतेहरुको नाम ठेगाना खुलेको छैन।

घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनापछि गैंडाकोट, डेढगाउँ, बुलिङटाबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

More News last news
Loading...