सरकारले हिमालको पानी ब्राण्डिङ गरेर विदेशमा बेच्ने

काठमाडौं । नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको बैठकमा आज आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए ।

Advertisement

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेकोसमेत अर्थमन्त्री महतको भनाइ रहेको छ ।

More News last news
Loading...