फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन्।

Advertisement

शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट बेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो।

उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ।

More News last news
Loading...