गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले पालिका सम्बद्ध सेवाग्राहीहरुलाई प्रभावकारी सेवा पुर्याउनु नै पालिका र आफ्नो मुख्य जिम्मेवारी रहेको र आफू त्यसैमा लागिरहेको बताउनुभयो। उहाँले ब्याप्त बेथितिहरुलाई अन्त्य गर्दै आर्थिक सुशासन कायम गर्नु मुख्य कर्तब्य रहेको र यसका लागि पालिकाले प्रयास मात्र नभै कामपनी गरिरहेको बताउनुभयो ।
गल्याङ नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुबिधाका सन्दर्भमा आर्थिक बर्ष ०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले जनप्रतिनिधि र कर्मचारी र सेवाग्राहीको प्रयासले मात्र आर्थिक सुशासन कायम गर्न सकिने हुदा सहयोगका निम्ति समेत अनुरोध गर्नुभयो।
कार्यक्रममा पालिकाले गरेका गतिविधिका बारेमा सेवाग्राहीहरुले प्रश्न समेत गर्नुभएको थियो भने सम्बन्धित बिषयमा नगर प्रमुख उप प्रमुख प्रमुख प्रशासकीय अधिकृत शाखा प्रमुख लगाएतले त्यसको सन्तुष्टि जवाफ समेत दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले दोश्रो चौमासिकका गतिविधि माथी प्रकाश पार्दै चुस्त सेवामा आफुहरु लागिरहेको बताउनुभयो ।
नगर उप प्रमुख हेमा न्यौपानेको स्वागत सङ्गै सुरु भएको कार्यक्रम आलमदेवी मिडियाको सहजीकरण र नगर प्रमुख गुरु प्रसाद भट्टराई को अध्यक्षतामा सम्पन्न गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
