जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रुपमा चयन हुनु भएको छ।

जसपा संसदीय दलको आज बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो। गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित यादव यहि वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसद यात्रा तय गर्नुभएको हो ।

Advertisement

मंसिर ४ मा बारा क्षेत्र नं २ बाट निर्वाचत जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको थियो । प्रतिनिधि सभामा हाल जसपाका १२ जना सांसद छन्।

More News last news
Loading...