आज ह्वात्तै घट्यो सुन, कतिमा झर्यो तोलाको ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो।

मंगलबार प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ हजार १ सयले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो।

More News last news
Loading...