भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य ✍️ नयाँपुस्ता डटकम २ जेष्ठ २०८०, मंगलवार १६:३८ काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । Advertisement आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर घटेको आयल निगमले जनाएको छ ।