धादिङमा गुडिरहेको बसमा आगलागी

काठमाडौं। धादिङमा गुडिरहेको यात्रुबाहक बसमा एक्कासि आगोलागी भएको छ। धादिङबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेशी नगरपालिका ९ मा बिहान साढे ११ बजेतिर आगोलागि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।

Advertisement

प्रहरीकाअनुसार बसमा चालकसहित ३५ जना सवार थिए। मानवीय क्षति भने भएको छैन।

More News last news
Loading...