‘पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पाँच सय र हजारका नोट‍लाई ब्यान्ड गर्न सुझाव दिएकी छिन्।

सोमबार राष्ट्रिय सभामा अगामी बजेटबारे भइरहेको छलफलमा सांसद पन्तले अर्थमन्त्री महतलाई सो सुझाव दिएकी हुन्।

Advertisement

उनले भनिन्, ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू। यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने। यति गर्यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं।’

उनले पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको बताइन्। पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ भन्दै उनले प्रश्नसमेत गरिन्।

More News last news
Loading...