रविले भने, सय दिन १३ मन्त्रालय हामीलाई चलाउन दिनुहोस्, रातारात बदलिनेछ देश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्र १ सय दिनका लागि आफनो पार्टीलाई दिए सरकार चलाउन सिकाई दिने बताएका छन्। उनले आफुले मागेका मन्त्रालय दिएर सय दिन सहयोग गर्न चुनौती समेत दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा उनले भनेका छन्,‘मात्र १३ वटा मन्त्रालय चलाउँछौं, हामी मात्र सय दिन सरकार चलाएर देखाउँछौं। हामीलाई सय दिन सरकार चलाउँन दिनोस। सय दिन, वान हन्ड्रेड डेज।

Advertisement

एक–एक दिन काउन्ट गरेर, जम्मा १३ वटा मन्त्रालय सप्पै राष्ट्रिय स्वतन्त्र पार्टीले चलाउँछ, एक वर्ष/डेढ वर्ष, महिना–महिना ककल्लाई बाँड्ने हो, बाँडेर दिनोस। तर, एक सय दिन, मात्र वान हन्ड्रेड डेज हामीलाई चलाउन दिनोस। यो देशमा थिति कसरी वसाल्नुपर्छ, रातारात गरेर म देखाई दिन्छु।’

१३ वटा मन्त्रालय रास्वपालाई दिएर अन्य दलले सहयोग गरे देशमा थिति वसाल्न र डेलिभरी दिन रास्वपा सक्षम रहेको उनले दावी गरेका छन्।

More News last news
Loading...