एनओसीमाथिको कडाईबाट पछि हट्यो सरकार

काठमाडौँ । विदेश अध्ययन गर्न गरिएको कडाईबाट सरकार पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गरेको थियो।

चौतर्फी विरोध र दबाबपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका हुन् ।

Advertisement

शिक्षा मन्त्रालयले गत फागुन १८ गते निर्देशिका पारित गरेको थियो । जुन चैत १९ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर, सरकारले निर्देशिका सार्वजनिक गरेको थिएन ।

मन्त्रालयले बुधबार यसअघिको व्यवस्थालाई संशोधन गर्दै सार्वजनिक गरेको हो । यसअघि डिप्लोमा र एडभान्स डिप्लोमा पढ्नका लागि एनओसी नदिने निर्देशिका प्रावधान थियो । तर, अहिले उक्त विषय संशोधन गरेर निर्देशिका सार्वजनिक गरिएको हो।

कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्देशिका उल्लेख थियो। तर, सरकारले उक्त निर्णय फिर्ता लिएको हो।

More News last news
Loading...