आज घट्यो सुन, कतिमा झर्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...