काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर बिहिबार कायम रहेको मूल्य १ हजार ४ सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
