दीपाश्री निरौलाको रोकिएको त्यो विवाह, त्यसपछि कहिलै जुरेन लगन

काठमाडौँ । दीपाश्री निरौला लगातार सफल चलचित्र दिने निर्देशकमा पर्छिन्। अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा थिइन्।

डेब्यु फिल्ममै उनले सफलता पाइन्। त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ र छक्का पञ्जा ४’ ले पनि सफलताको रेकर्ड बनाउँदै गए । नेपाली फिल्मको बजार तताउने श्रेय दीपासहित दीपकराज गिरी, केदार घिमिरेलगायतको टिमलाई जान्छ ।

Advertisement

सफल कलाकार दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो, विवाह कहिले गर्नुहुन्छ ?

उनी प्रायः हाँसेर टारिदिन्छिन् । तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ, जसलाई उनले ‘धोका’ दिएकी थिइन्। त्यो पनि विवाहकै दिन ।

More News last news
Loading...