दिउँसै बैंकबाट करोडौँ रकम लुटियो, कर्मचारीले सुइको समेत पाएनन्, सीसीटीभी क्यामेरा हेर्दा हैरान

काठमाडौँ । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।

Advertisement

सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर पाएको ठानेका थिए। तर वास्तवमा उनीहरू एक महत्त्वाकाङ्क्षी ब्याङ्क लुट्ने योजनामा पैसा सङ्कलन गर्ने प्रयोजनका लागि ठगिएका थिए।

सन् २०१८ को एक सप्ताहान्तमा पुणेमा मुख्यालय रहेको कसमस को-अपरेटिभ ब्याङ्कमा आक्रमण भएको थियो। शनिवार दिउँसोको समय ब्याङ्कको प्रधान कार्यालयका कर्मचारीहरूलाई अचानक चेतावनी पूर्ण सन्देशहरू आउन थाले।

ती सन्देशहरू संयुक्त राज्य अमेरिकाको कार्ड भुक्तानी गर्ने कम्पनी भिसाका थिए जसमा विभिन्न एटीएमहरू मार्फत् कसमस ब्याङ्कको कार्ड प्रयोग गरेर ठूलो रकम निकाल्न खोजिएको र त्यो शङ्कास्पद देखिएको चेतावनी दिइएको थियो। तर जब कसमसका कर्मचारीले ब्याङ्कको प्रणालीहरू जाँच गरे त्यहाँ कुनै असामान्य कारोबार भएको पाएनन्।

करिब आधा घण्टापछि सुरक्षा नीति अपनाउँदै कसमस ब्याङ्कले भिसालाई आफ्ना सम्पूर्ण कार्डहरूबाट कारोबार रोक्ने अधिकार दियो। तर त्यस उपाय अपनाउन ढिलो हुँदा ठूलो मूल्य चुकाउनु पर्‍यो।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...